विदेशबाट आउँदा गहना कति ल्याउन पाइन्छ ?

प्रश्नः मेरो नाम शिव वोहोरा हो । म हाल युएईमा कार्यरत छु । नेपाल आउँदा काँचो सुन ल्याएमा जफत हुन्छ भन्ने समाचार आइरहेको छ । तर गहना ल्याउन पाइन्छ भन्ने सुनें । के यो साँचो हो ? हो भनें कति गहना ल्याउन पाइने हो ? 

उत्तरः शिव जी, पछिल्लो परिवर्तिन व्यवस्था अनुसार सरकारले कम्तिमा १२ महिना(एक बर्ष) विदेशमा विताएर फर्केका व्यक्तिले बढीमा ५० ग्रामसम्म सुनको गहना ल्याउन पाउने व्यवस्था गरेको छ । चाँदिको ५ सय ग्रामसम्मको ल्याउन पाइन्छ । त्यसभन्दा बढी ल्याएमा जफत हुने व्यवस्था गरेको छ । 

यो पनि पढ्नुहोस्  

विदेशबाट टीभि ल्याउँदा कति भन्सार तिर्नुपर्छ ?


फेसबुकबाट तपाईको प्रतिक्रिया