मसँग एजेण्टले ९० हजार माग्दैछ, म के गरौं ?

प्रश्नः मेरो घर सर्लाही हो । म विदेश जान लाग्दैछु । मैले छिमेकी गाउँको एकजना एजेण्ट मार्फत विदेश जाने प्रकृया गरें । अहिले म काठमाडौंमा छु । मेरो स्वास्थ्य परिक्षण भयो । एजेण्टले कतारको लागि ९० हजार माग्दैछ । मैले १० हजार मात्र लाग्छ भन्ने सुनेको छु । म के गरौं ? 

उत्तरः हाल सरकारले गरेको व्यवस्था अनुसार तपाईले बढीमा १० हजार तिर्नुपर्ने हुन्छ । यदि तपाईलाई कुनै एजेण्टले सो भन्दा बढी रकम मागिरहेको छ भनें बुद्धनगर स्थीत बैदेशिक रोजगार विभागमा उजुरी दिन सक्नुहुन्छ । सो उजुरीका आधारमा एजेण्टलाई कारवाही हुन सक्दछ ।   


फेसबुकबाट तपाईको प्रतिक्रिया