मेडिकल अनफिटका पीडितहरु  

काठमाडौं, भदौ २४- सोलुखुम्बु, गोली–६ राम्सेका १९ वर्षीय फुदोर्जे शेर्पा दुई सातायता कहिले श्रम तथा रोजगार मन्त्रालय त कहिले वैदेशिक रोजगार विभाग धाउँदैमा हैरान छन्। सिनामंगलस्थित युथ म्यानपावर कम्पनीलाई एक लाख ६० हजार रुपैयाँ बुझाएर तीन महिनाअघि मलेसिया उडेका उनी त्यहाँ स्वास्थ्य परीक्षण गर्दा अयोग्य (अनफिट) ठहरिएपछि स्वदेश फर्केर सहयोग खोज्दैछन्। 

काठमाडौं फर्केसँगै विदेश पठाउने म्यानपावर कम्पनी र सरोकारवाला निकायमा सहयोगको याचना गर्दै हिँडेका उनलाई सहयोग गर्ने अहिलेसम्म कोही निस्केको छैन। मलेसिया जानुअघि उनले अकाबर मेडिकलमा स्वास्थ्य जाँच गराएका थिए। ऊबेला योग्य (फिट) फुदोर्जेलाई मलेसियाको जाँचले अनफिट देखायो। अहिले उनी यहाँ फिट र उता अनफिट हुनुको कारण खोज्दैछन्। सँगै म्यानपावर कम्पनीले लिएको रकम फिर्ता गर्नु छ। म्यानपावर कम्पनीले जे जे भन्यो, सोहीअनुसार रकम बुझाएँ, म्यानपावरविरुद्ध उजुरी गर्न वैदेशिक रोजगार विभाग पुगेका फुदोर्जेले भने, विभागमा उजुरी गर्दा पनि खासै चासो दिँदैनन्।

मलेसिया जान सय कडा ५ का दरले ब्याज तिर्ने गरी ऋण लिएर म्यानपावर कम्पनीलाई बुझाएको उनले बताए। म्यानपावरले १ लाख ६० हजार रुपैयाँ बुझे पनि फुदोर्जेलाई ८० हजार रुपैयाँको रसिद दिएको छ।

उडनुभन्दा केही बेरअघि दिएकाले पूरै रकमको रसिद लिन सकिनँ, उनले भने, बढी रकम तिरेर गए पनि उता काम गर्न पाएको भए खासै चिन्ता थिएन। मलेसियामा ७० दिन बस्दा सम्झौता अनुसार काम गर्न पनि नपाएको उनको गुनासो छ। म्यानपावरले सुरक्षा गार्डको काम भने पनि उता क्लिनरको काम गर्नुपरेको फुदोर्जेको भनाइ छ।

महिनाको १२ सय रिंगेट पाउने सम्झौता गरेका उनलाई मलेसियाको एटिजेडी कम्पनीले ७० दिनको ३ सय २० रिंगेट मात्र दिएछ। केही दिनदेखि मलेसिया जाँदा लागेको खर्च फिर्ता लिने प्रयासमा रहेका फुदोर्जे म्यानपावर कम्पनीले उल्टै धम्क्याएको गुनासो गर्छन्। ुम्यानपावरले रकम फिर्ता गर्न सकिँदैन, जे सक्छौ त्यही गर भन्दैछ उनले भने, मेरै पैसा खाएर मैलाई धम्की दिन्छ।

अनफिट फुदोर्जेलाई फिट भएको प्रमाणपत्र दिने अकाबर मेडिकलमा युथ म्यानपावरले नै पुर्या्एको उनको भनाइ छ। म्यानपावरले भनेको मेडिकलमा स्वास्थ्य जाँच गर्दा र उसले मागेअनुसारको रकम दिँदा पनि धोका भयो, फुदोर्जेले भने, यसरी सोझै ठगी गर्नेलाई कारबाही गर्नु पर्योि भन्दा सरकारी निकाय चासो दिँदैन।

मोरङ, उर्लाबारी–८ सुनझोडाका झमकबहादुर थापा पनि बेचैन छन्। निड इम्प्लोइमेन्ट सर्भिस प्रालिबाट मलेसियाको सेङ इप फर्निचर उद्योगमा गएका थापा डेढ महिनामै फर्र्किए। राजधानीको इन्टरनेसनल हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टरबाट फिटको प्रमाणपत्र पाएका थापाको पनि समस्या शेर्पाकै जस्तो हो।

स्वास्थ्य जाँचमा अनफिट कामदारलाई मलेसियाले घर फर्काउँछ। मलेसिया पुगेको ३ महिनाभित्र स्वास्थ्य जाँच हुन्छ। नेपालमा फिट र मलेसियामा अनफिट भएका थापा पनि आफूले म्यानपावरलाई बुझाएको रकम फिर्ता लिन विभिन्न निकायमा दौडधुप गरिरहेका छन्। मलेसिया जाँदा १ लाख ४० हजार रुपैयाँ तिरेको बताउने थापाले पटकपटक म्यानपावर कम्पनीलाई भेट्न खोजे पनि सम्पर्कमा आउन नचाहेको बताए। उनलाई पनि म्यानपावरले ८० हजार रुपैयाँको मात्रै रसिद दिएको छ।

वैदेशिक रोजगारीमा जाने युवायुवतीको संख्या बढिरहँदा म्यानपावरले ठगेको र सम्झौता अनुसार विदेशमा काम नपाएको उजुरी दिने पनि ह्वात्तै बढेका छन्। वैदेशिक रोजगार विभागका निर्देशक बद्रीकुमार कार्कीका अनुसार म्यानपावरले ठगेको र सम्झौता अनुसार काम नपाएको भन्दै उजुरी पर्ने क्रम बढ्दो छ। साउनमा मात्र विभिन्न म्यानपावर कम्पनी र विदेश पठाउने व्यक्तिविरुद्ध विभागमा १ सय २६ उजुरी परेका छन्।

आर्थिक वर्ष ०७०-७१ मा २५ सय ५१ उजुरी परेको विभागमा ०७१-७२ मा २६ सय ७९ पुग्यो। म्यानपावरविरुद्ध परेका उजुरी सल्टाउन कर्मचारीलाई हम्मेहम्मे पर्छ। विभाग स्रोतका अनुसार पर्याप्त कर्मचारी अभावमा चाँडो उजुरी सल्टाउन नसक्दा उजुरीकर्ताले कर्मचारीलाई अनेकौं आरोप लगाउँछन्। पीडित भने कर्मचारी अभाव देखाएर विभाग सधैं पन्छिने गरेको बताउँछन्। विदेश जानुअघि म्यानपावरले भनेझैं तलब र काम नपाएपछि एक महिनामै घर फर्किएका दाङ, टरीगाउँका नारायण आचार्य भन्छन्, म्यानपावरविरुद्ध उजुरी दर्ता गर्न ३ दिन विभाग आइसकें। उजुरी लिने व्यक्ति कोठामा भेटिँदैनन्।

काठमाडौंका गल्लीमा विदेशमा स्वास्थ्य जाँच गर्दा अनफिट भएका युवाहरू न्यायको खोजीमा भौंतारिइरहे जस्तै यहाँ एउटा काम भनेर उता अर्को काम लगाएका कारण फर्केका पनि छ्यासछ्यास्ती भेटिन्छन्।

ग्रिनतारा म्यानपावरले हल्का सवारी चालकको काम भन्दै मलसिया उडाएका मोरङ, उर्लाबारी–९ का कृष्ण खत्रीले भने, त्यहाँ त हेभी गाडी चलाउन लगाइयो। हेभी गाडी चलाउन नसकेपछि उनी एक महिनामै फर्केर म्यानपावरले लिएको ५५ हजार रुपैयाँ फिर्ता लिन विभाग धाइरहेका छन्। ५५ हजार लिए पनि म्यानपावरले उनलाई २० हजारको रसिद दिएको छ।

वैदेशिक रोजगारीमा दिनप्रतिदिन विकृति बढिरहे पनि सरकारी निकाय र व्यवसायी सुधारतर्फ नलागेपछि वैदेशिक रोजगारीमा जान खोज्ने अधिकांश युवायुवती वैदेशिक रोजगार व्यवसायीप्रति सशंकित हुन थालेका छन्।

म्यानपावर व्यवसायी किरणकिशोर घिमिरे यहाँ गरको सम्झौताअनुसार विदेशमा तलब र काम नपाए त्यस्ता व्यक्तिको चित्त बुझाउने दायित्व पठाउने म्यानपावर र मेडिकलको नै भएको बताउँछन्। मानवीय रूपमा पनि त्यस्ता व्यक्तिलाई सहयोग गर्नुपर्छ, उनले भने, झन् सम्बन्धित म्यानपावरले त आफ्नो व्यवसाय बचाइराख्न पनि पीडितलाई सक्दो सहयोग गर्नुपर्छ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाल पछिल्लो समय विदेश गएका युवा आफ्नै कारणले फर्कने र त्यसको दोष म्यानपावरलाई लगाउने क्रम बढेको दाबी गर्छन्। विभागमा गएर कुनै पनि मापदण्डबिना उजुरी दर्ता गर्ने अनि म्यानपावर कम्पनीलाई बदनाम गर्ने क्रम बढेको छ, उनले भने, विभागमा उजुरीको संख्या बढ्दैमा दोष जति म्यानपावरलाई थोपर्न मिल्दैन। ढकालले स्वदेशमा स्वास्थ्य जाँच गर्दा फिट र विदेशमा अनफिट हुन्छन् भने त्यसको जिम्मेवारी मेडिकलको हुने बताए।

स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का भने विदेश पुगेपछि सम्झौताअनुसार काम नपाउँदा त्यहाँ बस्न नमान्ने र त्यसैलाई अनफिट भनिने गरेको जिकिर गर्छन्। उता अनफिट भएर फर्केको व्यक्तिलाई यहाँ दोहोर्यायएर जाँच्दा अनफिट देखिएमात्र स्वास्थ्य संस्थाको बदमासी भन्न सकिन्छ, उनले भने, विदेश जानुअघि फिट र निश्चित समयभित्र फर्केर आएको व्यक्तिको पुनः स्वास्थ्य जाँच गर्दा अनफिट देखिएको अवस्थामा मात्र क्षतिपूर्ति दिने प्रावधान छ।

नागरिकबाट 


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बना…

आपूर्तिकर्ता मार्फत लिने श्रमको सूची बनाउन समिति गठन, कानूनमा नमिलेका कुरा मिलाइने

काठमाडौं, साउन ११- सरकारले कुन क्षेत्रको श्रममा आपूर्तिकर्ता मार्फत श्रमिक लिन पाउने भन्ने सूची बनाउने भएको छ । शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषदको बैठकले यसको सूची बनाउन कार्यदल नै...

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव द…

साउन देखि १३ हजार ४ सय ५० भन्दा कम तलव दिन नपाइने

काठमाडौं, असार २५- सरकारले नेपालमा कार्यरत श्रमिकको न्यूनतम ज्याला प्रतिमहिना १३ हजार ४ सय ५० तोकेको छ । यसैगरी साउन देखि दैनिक ज्याला ५ सय १७ तथा प्रतिघण्टा ज्याला रु ६९ भएको छ । रोजगारदाताहरु तथा ट्रेड युनियनहरुबीच...

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

काठमाडौं,  यूनियन अफ प्रेस एण्ड एलाइड वर्कस नेपाल (यूनीप्रेस)े को चौथो संघिय महाधिवेशन काठमाडौमा सम्पन्न भएको छ । महाधिवेशनले सुबर्णजंग सिजापतिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ संघिय (केन्द्रिय) समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको सह-अध्यक्ष अर्जुन...

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्…

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्दै सकियो राष्ट्रिय भेला

  काठमाडौं,  अखिल नेपाल निर्माण मजदुर संघको पाँचौं राष्ट्रिय भेला सम्पन्न भएको छ । माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध निर्माणकर्मीहरुको सो संघको राष्ट्रिय भेलाले नयाँ नेतृत्व पनि चयन गर्यो । भेलाले संघको केन्द्रीय अध्यक्षमा...

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

काठमाडौं,  नेपालमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्व बृद्धिका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था छ । यहि व्यवस्थाका कारण पछिल्लो समयमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्वमा उल्लेख्य रुपमा बृद्धि भएको छ । केन्द्रीय तथा प्रादेशिक संसद तथा...

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

काठमाडौं- श्रमिकलाई सामाजिक सुरक्षा सहितको श्रम ऐन २०७४ यसअघिको श्रम ऐन, २०४८ भन्दा धेरै कुरामा श्रमिक मैत्री देखिएको छ । सञ्चयकोष, उपादान लगायतका विषयमा नयाँ श्रम ऐनले प्रष्ट व्यवस्था गरेको छ । यसैगरी नयाँ ऐनले अन्य श्रमिक...

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै …

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै डेढ लाख कमाउँदै

  निमदत्त सुवेदी, पोखरा  पढाइ सकेपछि जागिर खोज्न निक्कै भौतारिए सूर्यप्रसाद लामिछाने। पोखरा–लेखनाथ महानगरपालिका–३१ बेगनासतालका उनले जति प्रयत्न गरे पनि जागिर पाउन सकेनन्। अन्तत उनी निष्कर्षमा पुगेः मौरी पालन गर्ने। १५ हजार रुपैयाँको जागिर खोज्दै हिँडेका लामिछाने अहिले...

श्रम विधेयक संसदबाट पारीत

श्रम विधेयक संसदबाट पारीत

  काठमाडौ– व्यवस्थापिका संसदले श्रम विधेयक पारीत गरेको छ । संसदको शुक्रवारको बैठकले सो विधेयक पारीत गरेको हो । विगत लामो समयसम्म छलफल भई संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समिति हुँदै सो विधेयक संसदको बैठकमा पुगेको...