कतारमा नेपाली महिलाको शव अलपत्र 

दोलखा—कतारमा रहस्यमयरुपमा मृत्यु भएकी दोलखा लापिलाङ गाविसकी एक युवतीको शव करिब दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन। वैदेशिक रोजगारीको सिलसिलामा डेढ वर्षअघि कतार पुगेकी दोलखा लापिलाङ गाविस–३ निवासी मसली थामीको २८ वर्षीया छोरी विन्दु थामीको गत मङ्सिर २४ गते रहस्यमयरुपमा मृत्यु भएको थियो। 

कतारको दोहास्थित आफू बस्ने घरको तेस्रो तल्लामा उनलाई मृत अवस्थामा भेटिएको हो। तर दुई साता बित्न लाग्दा समेत घटनाको छानबिन र शव स्वदेश ल्याउनेबारे सम्बन्धित निकायले कुनै पहल नगरेको मृतकका भाइ गोविन्द थामीले बताए। 

ुघटनाको सत्यतथ्य छानबिन गर्न, दोषीलाई कारबाहीको दायरामा ल्याउन, शव स्वदेश फर्काउन र उचित क्षतिपूर्तिको व्यवस्थाका लागि मेनपावर, वैदेशिक रोजगार विभागलगायतका निकायमा गए पनि कुनै सुनुवाइ भएको छैनु, उनले भने। कोठामा सँगैबस्ने दोलखा सुष्पाक्षमावती माइती घर भई सिन्धुपाल्चोक विवाह गरेकी सुशीला बुढाथोकीको प्रत्यक्ष संलग्नतामा उनको हत्या भएको आफन्तजनको आरोप छ। 

आफन्तजनका अनुसार सुशीलासँग गम्भीर विवाद भएको भोलिपल्ट विन्दुलाई मृत भेटिएको हो। मृतकको शव दोहास्थित एक अस्पतालमा रहेको र त्यहाँको प्रहरीले घटनाबारे केही छानबिन गरिरहेको बताइएको छ। मृतकका आफन्तजनले भने एकपक्षीय रुपमा घटनाको छानबिन गराएर घटनालाई आत्महत्या बनाई दोषीलाई उन्मुक्ति दिने र पीडित परिवारलाई क्षतिपूर्ति नदिलाउने चलखेल भइरहेको बताएका छन्। 

मृतकका दाइ सपुन थामीले मृतकको शरीरमा चोटपटक र निलडाम रहेको र सुशीलासँग विवाद हुनुनै हत्याको प्रमाण भएको बताए। तर प्रमाण नष्ट गरेर हत्यारालाई उन्मुक्ति दिने र आफूहरुलाई थप पीडा दिने काम भइरहेको उनको गुनासो छ। 

घटना भएको जानकारी पाएदेखिनै मृतकका आफन्तजन नुन बारेर बसेका छन्। मृतक थामीलाई काठमाडौँ धापासीस्थित एसओएस मेनपावरले क्लिनरको रुपमा डेढ वर्षअघि कतार पठाएको हो। 

उक्त कम्पनीले कतारबाट प्रहरी रिपोर्ट प्राप्त भएपछि मात्रै अन्य प्रक्रिया अघि बढ्नसक्ने जनाएको छ। असुरक्षित मानिएको खाडीमुलुकमा यसअघि महिला कामदार पठाउन सरकारले प्रतिबन्ध लगाए पनि फुकुवा गरिसकेको छ। रासस

फरक प्रसँगको भिडियो हेर्नुहोस् 


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

यूनीप्रेस नेपालको चौथो महाधिवेशन सम्पन्न

काठमाडौं, चैत्र २५- यूनियन अफ प्रेस एण्ड एलाइड वर्कस नेपाल (यूनीप्रेस)े को चौथो संघिय महाधिवेशन काठमाडौमा सम्पन्न भएको छ । महाधिवेशनले सुबर्णजंग सिजापतिको अध्यक्षतामा ३१ सदस्यीय नयाँ संघिय (केन्द्रिय) समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको...

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्…

निर्माण मजदुर संघको नयाँ नेतृत्व चयन गर्दै सकियो राष्ट्रिय भेला

  काठमाडौं, चैत्र ५- अखिल नेपाल निर्माण मजदुर संघको पाँचौं राष्ट्रिय भेला सम्पन्न भएको छ । माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड युनियन महासंघ आवद्ध निर्माणकर्मीहरुको सो संघको राष्ट्रिय भेलाले नयाँ नेतृत्व पनि चयन गर्यो । भेलाले संघको...

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

जहाँ पुरुषलाई २५ प्रतिशत आरक्षण छ

काठमाडौं, फागुन २४- नेपालमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्व बृद्धिका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था छ । यहि व्यवस्थाका कारण पछिल्लो समयमा राज्यका निर्वाचित निकायहरुमा महिलाको प्रतिनिधित्वमा उल्लेख्य रुपमा बृद्धि भएको छ । केन्द्रीय तथा प्रादेशिक...

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

यस्तो छ नयाँ श्रम ऐन(ऐन सहित)

काठमाडौं- श्रमिकलाई सामाजिक सुरक्षा सहितको श्रम ऐन २०७४ यसअघिको श्रम ऐन, २०४८ भन्दा धेरै कुरामा श्रमिक मैत्री देखिएको छ । सञ्चयकोष, उपादान लगायतका विषयमा नयाँ श्रम ऐनले प्रष्ट व्यवस्था गरेको छ । यसैगरी नयाँ ऐनले अन्य श्रमिक...

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै …

१५ हजारको जागिर नपाएका लामिछाने महिनामै डेढ लाख कमाउँदै

  निमदत्त सुवेदी, पोखरा  पढाइ सकेपछि जागिर खोज्न निक्कै भौतारिए सूर्यप्रसाद लामिछाने। पोखरा–लेखनाथ महानगरपालिका–३१ बेगनासतालका उनले जति प्रयत्न गरे पनि जागिर पाउन सकेनन्। अन्तत उनी निष्कर्षमा पुगेः मौरी पालन गर्ने। १५ हजार रुपैयाँको जागिर खोज्दै हिँडेका लामिछाने अहिले...

श्रम विधेयक संसदबाट पारीत

श्रम विधेयक संसदबाट पारीत

  काठमाडौ– व्यवस्थापिका संसदले श्रम विधेयक पारीत गरेको छ । संसदको शुक्रवारको बैठकले सो विधेयक पारीत गरेको हो । विगत लामो समयसम्म छलफल भई संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समिति हुँदै सो विधेयक संसदको बैठकमा पुगेको...

रोजगारी पाउनु भएन ? अवशर छन्

रोजगारी पाउनु भएन ? अवशर छन्

काठमाडौं- तपाई कामको खोजीमा हुनुहुन्छ ? तर पाउनु भएको छैन ? उपाय धेरै छन् शहरमा । शहरमा युवाका लागि तालिम दिने संस्थामा जानुभयो भनें तपाईका लागि उपयुक्त तालिम र तालिमपछि रोजगारी पाइन सक्छ । यसरी नै...

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

  काठमाडौं- भक्तपुरका रमेश बाखु हाउस वायरिङ्गको काम गरेर महिनामा १५ हजार बचत गर्छन् । उनले यस्तो काम थालेको एक बर्ष मात्र भयो । ‘बिजुलीको काम सधैं नहुनसक्छ, तर कहिलेकाँहि त मारामार हुन्छ ।’ उनी भन्छन्...