नर्क जस्तै ठाउँबाट चार नेपालीको उद्धार 

काठमाडौं, पुष २७

महानगरीय प्रहरी अपराध महाशाखाले परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा धमानीकुमार सहनीसहित महोत्तरीका रवीन्द्र सहनी, वीरेन्द्र सहनी र नवलपरासीकी मालती ठकुरीलाई उद्धार गरी सोमबार नेपाल फर्काएको छ । उद्धार गरी ल्याइएका कामदारले आफूहरूले वैदेशिक रोजगारीमा अमानवीय व्यवहारको सामना गर्नुपरेको गुनासो गरेका छन् । 'कामदारलाई मानवीय व्यवहार देखाइएन, खाना समयमा खान दिइएन, काम गर्न नसक्दा पनि घिसारेर लैजान्थ्यो', धमानीकुमारले भने, 'अहिले पनि दुबईको प्लेक्स कम्पनीमा सयभन्दा बढी नेपाली कामदारले धेरै कष्ट बेहोरेका छन् ।'

मालती दुई बच्चाकी आमा हुन् । घरेलु कामदारका रूपमा डेढ लाख रुपैयाँ म्यानपावरलाई बुझाएर गत भदौमा कुवेत पुगेकी उनलाई सुरुमा शौचालय सरसफाइमा लगाइयो । उनीलगायत अन्य थुप्रै महिलालाई कुवेत पुर्‍याइएको थियो । मालतीका अनुसार राम्री र शरीर मिलेका महिलालाई डान्सबारका लागि एजेन्टले छानेर लैजान्थे ।

'कम्पनीमा पुगेपछि सुरुमै मलाई फुच्ची रहिछ, के गर्न सक्छे र यसले भनेर होच्चाइयो, शौचालय सफा गर्ने काममा पठाए, काम गरे पनि समयमा तलब नदिएपछि म त्यहाँबाट कहिले फुत्किउँजस्तो भयो, धन्न प्रहरीले उद्धार गरेर ल्यायो, अझै थुप्रै दिदीले नारकीय जीवन बिताइरहेका छन्, राज्यले चाहेमा उनीहरूको उद्धार हुन्छ', मालतीले भनिन् ।

नुन र चिउरा खाएरै बस्नुपरे पनि अब विदेश नजाने वीरेन्द्रले बताए । 'साहुसँग लिएको ऋण कसरी चुक्ता गर्ने भन्ने चिन्ताले भने सताएको छ', उनले भने । उद्दार गरी ल्याइएका चार जनासँग घरसम्म पुग्ने बसभाडासमेत नभएपछि महाशाखाले केही रकम दिएर घर पठाएको छ । 'दुबईमा धेरै नेपाली कामदारको अवस्था दायनीय छ, परराष्ट्र मन्त्रालयसँग समन्वय गरी उनीहरूलाई उद्धार गर्ने काम भइरहेको छ', महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने ।

'साढे तीन महिनादेखि दैनिक १२ घन्टासम्म भाँडा माझ्न लगाइयो, तलब माग्दा उल्टै कुटपिट गरे, साहुसँग ऋण लिएर विदेश गएको पैसा अब कसरी तिर्ने ?', दुबईबाट उद्धार गरी सोमबार नेपाल फकाईएका महोत्तरीका धमानी प्रहरीसमक्ष पीडा पोख्दै भने, 'एकजना अट्ने कोठामा ६ जनालाई कोचेर राख्थ्यो, त्यहाँ धेरै नेपालीको बिजोग छ ।'

धमानीकुमारसहित रवीन्द्र र वीरेन्द्र साढे तीन महिनाअगाडि समाखुसीस्थित इमरावल म्यानपावर कम्पनीमार्फत दुबई पुगेका थिए । उनीहरू साहुसँग ब्याजमा ऋण काटेर दुबई गएका हुन् । वैदेशिक रोजगारीको नाममा भइरहेको मानव तस्करी नियन्त्रण गर्न म्यानपावर कम्पनीहरूमाथि अनुसन्धान भइरहेको खनालले बताए । महाशाखाले कतार, मलेसिया, दुबईलगायत खाडी मुलुकमा अलपत्र दुई सयभन्दा बढी नेपाली कामदारलाई उद्धार गरी नेपाल फिर्ता ल्याइसकेको छ ।

अन्नपूर्ण पोष्टबाट 


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

श्रम विधेयक संसदबाट पारीत

श्रम विधेयक संसदबाट पारीत

  काठमाडौ– व्यवस्थापिका संसदले श्रम विधेयक पारीत गरेको छ । संसदको शुक्रवारको बैठकले सो विधेयक पारीत गरेको हो । विगत लामो समयसम्म छलफल भई संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समिति हुँदै सो विधेयक संसदको बैठकमा पुगेको...

रोजगारी पाउनु भएन ? अवशर छन्

रोजगारी पाउनु भएन ? अवशर छन्

काठमाडौं- तपाई कामको खोजीमा हुनुहुन्छ ? तर पाउनु भएको छैन ? उपाय धेरै छन् शहरमा । शहरमा युवाका लागि तालिम दिने संस्थामा जानुभयो भनें तपाईका लागि उपयुक्त तालिम र तालिमपछि रोजगारी पाइन सक्छ । यसरी नै...

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

सीप हुनेलाई स्ववदेशमै छ रोजगारी 

  काठमाडौं- भक्तपुरका रमेश बाखु हाउस वायरिङ्गको काम गरेर महिनामा १५ हजार बचत गर्छन् । उनले यस्तो काम थालेको एक बर्ष मात्र भयो । ‘बिजुलीको काम सधैं नहुनसक्छ, तर कहिलेकाँहि त मारामार हुन्छ ।’ उनी भन्छन्...

यातायात मजदुरले गरे चुनाव जित्ने सदस्यला…

यातायात मजदुरले गरे चुनाव जित्ने सदस्यलाई सम्मान 

काठमाडौं– नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, मकवानपुर जिल्ला कमिटिको आयोजनामा हेटौंडामा स्थानिय निकायको निर्वाचनमा यातायात क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरियो ।  कार्यक्रमका प्रमुख अतिथी संगठनका केन्द्रीय उपाध्यक्ष अर्जुन अर्यालले निर्वाचित जनप्रतिनिधिहरुलाई खादा...

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्…

टैंकर मजदुर आन्दोलनमा, अनिश्चितकालिन हड्तालको चेतावनी 

काठमाडौं- नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ जारी गरेर टेंकर मजदुर तथा स्वरोजगार मजदुरहरुलाई पेशाबाट विस्थापीत गर्न खोजेको भन्दै त्यसको विरोधमा टैंकर मजदुरहरु आन्दोलित भएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन टेंकर...

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष…

श्रमिकका छोराछोरीलाई छात्रबृत्ति, उत्कृष्ट यूनियनलाई पुरस्कार

काठमाडौं-नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन(नेस्वहोमयू) को ३६ औं स्थापना दिवस भव्य कार्यक्रमका साथ मनाइएको छ । ३६ औं स्थापना दिवसका अवशरमा केक काटिएको थियो भनें उत्कृष्ट तथा सर्वोत्कृष्ट यूनियनहरुलाई पुरस्कार तथा माधव...

माओवादी यूनियन परित्याग गरी ७५ जना जिफन्…

माओवादी यूनियन परित्याग गरी ७५ जना जिफन्ट प्रवेश

काठमाडौं, कात्तिक २७– ७५ जना सुरक्षा मजदुर अखिल नेपाल सेक्यूरिटी मजदुर संघ परित्याग गरी नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) आवद्ध नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनमा प्रवेश गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनीहरु जिफन्ट प्रवेश...

श्रमिकका समस्या समाधान गर्न म प्रतिवद्ध …

श्रमिकका समस्या समाधान गर्न म प्रतिवद्ध छुः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, कात्तिक २७  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मजदुर वर्गका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएका छन् । शनिबार बिहान बालुवाटारमा पार्टीको भातृ संगठन अखिल नेपाल ट्रेड यूनियन महासंघको कार्यालय टिमसँग प्रधानमन्त्रीले मजदुरका समस्या समाधान गर्न...