साउदीमा हराएका भनिएका नेपालीले श्रीमतिलाई फोन गरे

रञ्जना लम्साल, नवलपरासी- ३ बर्ष अगाडी साउदी अरवमा काम गर्न गएर फोन सम्पर्क समेत हुन छोडेका नवलपरासीका लोकमनि महतोले श्रीमतिलाई फोन गरेर आफू सकुशल रहेको बताएका छन् । यसले महतो परिवारमा खुसी छाएको छ ।

फोनमा उनले आफूलाई रोजगारदाताले नेपाल फर्किन नदिएको र लुकेर फोन गरेको बताएको उनकी श्रीमति हिराकुमारी महतोको भनाई । उनले गरेको फोन नम्वर भएका कारण अव त्यसकै आधारमा खोजि गरिदिन र उद्धारको प्रकृया अगाडी बढाइदिन परिवारका सदस्यले आग्रह गरेका छन् ।

लोकमनिले आज(शुक्रवार) विहान घरमा फोन गरेका थिए । दुई बर्षका लागि साउदी गएका उनको भिसा रोजगारदाताले थपिदिए नथपेको कुनै जानकारी छैन । लोकमनिले आफूलाई रोजगारदाताले जवर्जस्ती काममा राखेको र बाहिर सम्पर्क गर्न समेत नदिएको बताएका कारण उनलाई पठाउने एजेण्ट मार्फत उनलाई झिकाउने प्रकृया अघि बढाउन परिवारका सदस्यले आग्रह गरेका छन् ।

अग्र्यौली ९ शेरगञ्जका बासिन्दा लोकमनि चार छोराछोरी सहितको परिवार पाल्ने कुनै आधार नभएको भन्दै बैदेशिक रोजगारीका लागि साउदी गएका थिए ।

उनले यसअघि आफू एक बृद्धको हेरचाहको काममा खटिएको परिवारलाई बताएका थिए ।

यसअघि उनका बारेमा प्रकाशित यो समाचार पढ्नुहोस्

श्रीमान् साउदीमै बेपत्ता, श्रीमतिलाई भुक्तमान

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय