श्रीमान् साउदीमै बेपत्ता, श्रीमतिलाई भुक्तमान

रञ्जना लम्साल नवलपरासी- ३ बर्ष अगाडी साउदी अरवमा काम गर्न भनेर गएका लोकमनि महत्तोसंग सम्पर्क हुन छोडेपछि उनकी श्रीमती हिरा कुमारी महतोले श्रीमानको अवस्था बुझिदिन आग्रह गर्दै नवलपरासीको कावासोतीमा रहेको सुचना केन्द्रमा निवेदन दिएकी छिन् । अग्र्यौली ९ शेरगञ्जका बासिन्दा लोकमनि चार छोराछोरी सहितको परिवार पाल्ने कुनै आधार नभएको भन्दै बैदेशिक रोजगारीका लागि साउदी गएका थिए । छोराछोरीलाई पढाउने र विहेदान गरिदिने दायित्व पूरा गर्नै पर्यो भन्दै ऋण लिएर विदेश जानुभएको हो, तर खै न पैसा पठाउनुहुन्छ न आफु आउनुहुन्छ हिराकुमारीले भनिन घरमा एकजना बुढो मान्छेको हेरविचार गर्ने, पकाउने खुवाउन काम गर्छु भन्नुहुन्थ्यो अहिले त फोनमा पनि सम्पर्क हुन छोडेको छ । लोकमनि परिवारको सम्पर्कमा नरहेपछि उनमा आश्रित ९ जनाको परिवार अहिले बिचल्लीमा परेको छ । परिवारको पुख्र्यौली सम्पत्तीका रुपमा रहेको सात कठृा जग्गा मध्ये पाँच कठ्ठा पनि श्रीमान् बैदेशिक रोजगारीमा जान लिएको ऋण र त्यसको व्याज तिर्न बेच्नु परेको हिराकुमारी बताउछिन् । सो जग्गाको उव्जनीले केवल दुई महिना मात्र खान पुग्ने उनी बताउँछिन् । श्रीमानको चिन्ताले एकोहोरो जस्तै भएकी हिराकुमारीलाई अहिले परिवार पाल्ने चिन्ता छ । आफूलाई चिन्ता त छँदैछ, त्यसमाथि ८० बर्षकी सासुले दिनदिनै मेरो छोरोलाई बोलाइदे भन्नुहुन्छ, मैले कहाँबाट भिकाउँ उनले भनिन् । लोकमनिका दाजु सुस्त मनस्थीतिका छन् । उनी भाइको खोजखवरमा जुट्न सक्दैनन् । लोकमनि बेखवर भएपछि र उनले रकम पठाउन छोडेपछि गाउँमा उधारो लिएर अव त्यो लिने ठाउँ समेत बाँकी रहेको हिराकुमारी बताँछिन् । लोकमनिको अवस्था पहिचान गर्न प्रवासी नेपाली समन्वय समिति(पिनसीसी) काठमाडौमा पहल भईरहेको भएपनि उनीसँग सम्पर्क हुन नसकेको र श्रमको आधारमा कम्पनी पहिचान गरि साहुसंग कुरा गरेर नेपाल फिर्ता गर्ने प्रक्रियामा अगाडी बढ्ने गरि काम भईरहेको पिएनसीसीका मुद्धा साहायक अधिकृत युवराज नेपालले जानकारी दिएका छन् । यो पनि पढ्नुहोस्  मलेसिया जाँदै उतै हराउँदै  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय