उनलाई मलेसियामा कहिं देख्नु भएको छ की ?

रञ्जना लम्साल, कावासोती, भदौ ४-

श्यामलाल सुनार कमाउन मलेशिया पसेको दुई बर्ष भयो । बिनयी त्रिवेणी गाउँपालिका वडा नं ३ का श्यामलाल मलेशियाको एभरबेष्ट भर्ग नामको कम्पनीमा कार्यरत थिए । नेपालमा भनिएको काम र तलव नपाए पछि उनले भागेर काम गरे । परिवारको एक्ला छोरा श्यामलाल भागेर काम गरेको वुवा केशर सुनारलाई थाहा थिएन । तर ८ महिना देखी उनी परिवारको सम्पर्कमा छैनन् ।

मलेशिया गएर उनले कमाएर घरमा एक लाख पठाए । त्यो उनी मलेसिया जाँदा लागेको खर्च बरावर पनि होइन । उनी १ लाख १० हजार तिरेर मलेसिया गएका थिए ।

पहिला कुराकानी हुँदा काम गाह्रो छ, ज्यानभरी दाद आएको छ भनेर भन्ने गरेका थिए उनले । छोराको कुरा सुनेर बाबु केशरले घर फर्कि समेत भने । तर श्यामलालले आफू विदेश आइसकेपछि केहि कमाएरै आउँछु भन्ने गरेको बाबु केशर बताउँछन् । सुरुमा गएको कम्पनी छोडेर भागेर काम गर्दा आइपर्ने समस्याका बारेमा बाबु केशरलाई थाहा थियो । त्यसैले उनले छोरालाई साथीहरुले भागेर काम गर भनेर भन्लान, तर जति हुन्छ त्यहि कम्पनीमा काम गर्नु भन्दै छोरालाई सम्झाउने गर्दथे ।

केशर बहादुरका ३ छोरी १ छोरा हुन् । भएको एउटा छोरा पनि मलेशियाबाट नफर्किएपछि श्यामलालकी आमा बिरामी जस्तै भएकी छन् । श्यामलाल भागेर काम गर्ने गरेको दाङतिरका एकजना उनकै साथिले परिवारलाई जानकारी दिएका हुन् । तपाईको छोरो एकदम बिरामी भएको छ भनेर तिनै व्यक्तिले खबर गरेपछि मात्र परिवारले उनी भागेर अन्यत्रै काम गर्न थालेको थाहा पायो । छोरा बिरामी छ भन्ने सुनेपछि उनीहरुले छोराको नाममा ग्रह कटाउन पुजापाठ पनि गरे ।

छोरालाई असाध्यै बिरामी परेको भन्ने थाहा पाएपछि केशर बाहादुरले मलेशियामा रहेका श्यामलालको मामालाई भेट्न आग्रह गरे । बिदेशको ठाउँ भन्ने बित्तिकै बिदा नपाउने । आफ्नो बिदा मिलाएर जाँदा श्यामलाल हस्पीटलबाट भागिसकेको जानकारी उनका मामाले परिवारलाई दिए ।

श्यामलाल भागेर काम गर्दा उनको नाम परिवर्तन गरि सविन खड्का भन्ने राखिएको थियो । श्यामलालको साथि दाङका चेतनसँग कुराकानी गर्दा उनी मलेसियामा 'सविन खड्का' भनेर चिनिने गरेको, निक्कै बिरामी परेर दुब्लो भएको र उपचारको लागि हस्पीटल भर्ना गरिदिएकोसम्म मात्र आफूलाई थाहा भएको त्यसपछि उनी कहाँ के गर्दैछन् भन्ने थाहा नभएको बताए ।

श्यामलाल (सबिन ) ले भागेर मलेशियाको सामसुङ्ग ईलेक्ट्रोनीक्स भन्ने कम्पनीमा ४ महिना काम गरे । ४ महिना काम गरेपछि उनी बिरामी परे । केहि समय नजिकैको मेडिकलबाट औषधी खाए तर सुधार नभएपछि कम्पनीको सुपरभाईजर बिजय शाहले केलाङ्गको केलाङ्ग अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए ।  तर उपचारको लागि लगेको ४ दिन पछि उनी आफै अस्पतालबाट भागेको र हालसम्म पनि श्यामलाल (सविन) का बारेमा आफुलाई केहि थाहा नभएको शाहले बताए । 

सुचना केन्द्र कावासोतीमा छोरा हराएको निबेदन दिन आईपुगेका केशरले श्यामलालकी आमाले छोरा नआए म बाँच्नुको अर्थ छैन भन्दै रुने गरेको र आफुलाई छोरा कसरी खोज्ने भन्ने जानकारी नभएकाले सुचना केन्द्रमा आएको बताए । उनले भने "म त दिनभर ईरिक्सा चलाएर हिंड्छु काम गर्दा दिन कट्छ । तर उसकी आमाको समय भनें छोरालाई सम्झदै रोएर नै वितिरहेको छ ।"

तपाईले यो तस्वीरमा देखिएका श्यामलाल सुनार (सविन खड्का) लाई देख्नु भएको छ ? यदि उनका बारेमा तपाईसँग कुनै जानकारी भएमा परिवारलाई ९८००७५७३९४, ९८६९४२८२९२ सम्पर्क गरिदिनु होला । अथवा सुचना केन्द्र कावासोतीको फोन नं ०७८५४०३११ मा सम्पर्क गरेर पनि उनका बारेमा जानकारी गराइदिनु सक्नुहुन्छ ।

यो पनि पढ्नुहोस् आमा भन्छिन्ः कुखुरा जुध्दा पनि मेरो छोरो परदेशबाट आइपुग्यो झैं लाग्छ


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा …

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

  कास्की, भदौ २४- नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको...

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...