म कुनै दलको मात्र प्रतिनिधि होइनः राजदूत 

दिपक पुडासैनी, दोहा, असोज १७-

कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्घवाजलाई नेपाल पत्रकार महासंघ कतार शाखाले  भेटघाट, परिचय तथा स्वागत गरेको शाखाका अध्यक्ष करिमबक्स मियाँको नेतृत्वमा दुतावास पुगेका पत्रकारहरुले राजदुतलाई स्वागत गरेका हुन्

भेटमा राजदुत भारद्घवाजले आफुले सञ्चार क्षेत्र पत्रकारहरुसँग सहकार्य गर्दै अगाडी बढ्ने बताए उनले अहिले हरेक क्षेत्रलाई राजनीतिले डोमिनेट गरेको भन्दै यसमा सञ्चार क्षे पनि अछुतो नरहेको धारणा राखे उनले आफू अव राज्यको प्रतिनिधि रहेको हुँदा आफु राजदूतको ओहोदामा रहँदा कुनै संस्था, दल वा समुहको घेरामा नरहने प्रतिवद्धता जनाए

त्रिभुवन विश्वबिधालयमा इतिहास बिषयका प्राध्यापक समेत रहिसकेका राजदुत भारद्घवाज  सञ्चारक्षेत्रको पनि ज्ञाता हुन् उनले गोरखापत्र, राइजिङ नेपाल, काठमाडौं पोष्ट तथा तत्कालिन समयको अंग्रजी दैनिक एभरेष्ट हेराल्डमा काम गरेका हुन् उनले आफ्नो मिडिया प्रति लगव सम्मान रहेको भन्दै मिडियाले सञ्चारसँगै समाजको दायित्व जिम्मेवारी वहन गर्नुपर्ने बताए उनले मिडिया आफैमा चुनौतिपुर्ण भन्दै स्थानिय कानुनको पालना गर्दै आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे

राजदुत भारद्घवाजले देश नागरिकको प्रतिष्ठालाई उच्च बनाउन पत्रकारले सकारात्मक समाचारलाई प्राथमिकता दिंदै नकारात्मक समाचार लेख्दा पनि सकारात्मक शिक्षा मिल्ने गरी अभ्यास गर्न पत्रकार महासंघमा आवद्घ तथा आवद्ध नभएका पत्रकारहरुलाई पनि आग्रह गरे

यसअघी पत्रकारहरुले कतारको समसामयिक अवस्था, पत्रकारिताको जोखिम, स्थानिय कानूनको परिपालना, अपनाउनुपर्ने संयमता, दुतावासबाट पाउनु पर्ने साथ, सहयोग सुचनाको सम्बन्धमा राजदुतलाई जानकारी गराएका थिए


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा …

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

  कास्की, भदौ २४- नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको...

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ता…

सामाजिक सुरक्षा योजनाको सुविधाको प्रस्ताव तयार, एकडेढ महिनाभित्रै सूचिकरण सुरु गर्ने तयारी

काठमाडौं, भदौ २४- सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाता सूचिकरणको काम अन्तिम चरणमा पुगेको छ । अव ढिलोमा एक डेढ महिना भित्रमै सूचिकरण सुरु गर्ने तयारीमा कोष पुगेको छ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचिकरणका...