कथित 'आजाद भिसा', ठग्ने मुख्य व्यापार

 

करिम बक्स मियाँ, दोहा, कात्तिक २१-

'आजाद' भिसा भनिने भिसामा कतार आएका एक नेपाली कतारको विमानस्थलमा अलपत्र परेका छन्। नेपालबाट ब्लुमून ओभरसिज मार्फत गत अक्टुबर २२ तारीक कतार आएका प्रितम तामाङ कतारस्थित एजेन्ट सम्पर्कमा नआएपछि काम कम्पनीको टुंगो नलागेपछि घर फर्किन नपाएर अलपत्र परेका हुन्।

कञ्चनपुर, पूनर्बास नगरपालिका का तामाङ आफ्नै गाउँले मामा पर्ने बुद्धिमान तामाङ मार्फत एचएमटी ओभरसिज पुगेका थिए। एचएमटी ओभरसिजले ब्लुमून ओभरसिज मार्फत तामाङलाई कतार पठाएको हो।

एचएमटीका प्रवन्ध निर्देशक लक्ष्मी प्रसाद गिरीले कतारको विमानस्थलमा आफ्नो मान्छे महेन्द्र भण्डारी लिन आउने उनैले करार बमोजिमको कामको बन्दोबस्त गरिदिने भनी पठाए पनि शुरुदेखी नै भण्डारी सम्पर्कमा नआएको कतारमा लिमोजिन ट्याक्सी चलाउने एकजना व्यक्ति मार्फत एउटा रेस्टुरेन्टमा लगेर बुझाएको तामाङ्ले बताए।

भिसा करारपत्रमा केआरके कन्ट्र्याक्टिङ सर्भिसेज हस्पिटालिटी क्लिनिङ कम्पनी उल्लेख भएको मेनपावरले क्लिनिंगको काम तलव ९०० तथा खाना खर्च वापत थप ३०० भनेर पठाएको भए पनि उनलाई अर्कै कम्पनी मातहत रहेको रेस्टुरेन्टमा लगेको उनले बताए।

शुरुको केहिदिन रनभुल्लमा परेका तामाङले जब आफुले काम गरेको रेस्टुरेन्ट भिसा करार पत्रमा उल्लेखित कम्पनी फरक रहेको, आफुसित नो अब्जेक्सन लेटर पनि नभएको यसरी काम गर्नु अवैधानिक भन्ने चाल पाए, तव उनले महेन्द्र भण्डारीलाई पटक पटक नेपालबाट दिईएको मोबाइल नम्बरमा भण्डारीलाई सम्पर्क प्रयास गरे तर भण्डारीले फोन उठाएनन्। उनले लिमोजिन चालकलाई सम्पर्क गरे। चालकबाट 'मलाई जे अह्राइयो मैले त्यही गरें, अरु केही थाहा छैन' भन्ने जवाफ पाए। उनले लिमोजिन चालकलाई आफू नेपाल फर्किन चाहेको कम्पनी वा एजेण्टसँग सम्पर्क गराई दिन अनुरोध गरे त्योपनि सफल हुन सकेन।

कसैले सुनाई दियो कतारको नयाँ कानुन अनुसार आफ्नो देश फर्किन एक्जिट पर्मिट आवश्यक पर्दैन टिकट काटेर जान सकिन्छ। उनले कतारमा काम गर्ने आफन्तसित ऋण लिए नेपाल एयरलाईन्सको हवाई टिकट किने एयरपोर्ट पुगे तर अध्यागमनले एक्जिट पर्मिट नभएको भनी उनलाई फर्काई दियो। कतारको कानुन अनुसार श्रमिक भिसामा आएर आईडी नलागेका व्यक्तिले अध्यागमन पार गर्न एक्जिट पर्मिट देखाउनु पर्ने हुन्छ।

उनी झनै अन्यौलमा परे। विमानस्थलमा झोक्राएर बसेका तामाङ कता जाने के गर्ने अन्यौलमा थिए। एजेण्टलाई फेरि फोन गरे उठेन अर्को पटक प्रयास गरे मोबाईल स्वीच अफ भयो, लिमोजिन चालकपनि तर्किए।

विमानस्थलमा काम गर्ने नेपालीको सहयोगमा उनी झिटीगुन्टा बोकेर दुतावास पुगे, आफ्नो पीडा सुनाए। महेन्द्र भण्डारी एजेन्ट मात्र नभई ब्लुमुन ओभरसिजका सञ्चालक भएको दुतावासबाट खुल्यो। दुतावासमा भण्डारीका अरु पनि उजुरी आएको श्रम सहचारी नरेन्द्र ज्ञवालीले बताए 'हिजो पनि ब्लुमुन ओभरसिजबाट आएका एकजना पिडितको फोन उजुरी आएको थियो' ज्ञवालीले भने

ब्लुमुन ओभरसिज तथा एचएमटी ओभरसिजले विगत लामो समयदेखि कतारका विभिन्न कम्पनीका भिसालाई आजाद भिसाको नाममा बेच्दै आएको खुल्न आएको छ।

यसबारे जानकारी लिन एचएमटी ओभरसिजका सञ्चालक  लक्ष्मी प्रसाद गिरीलाई सम्पर्क गर्दा उनले तामाङलाई कुनै समस्या नरहेको बताए भने ब्लुमुन ओभरसिजका सञ्चालकले समस्या हल गर्ने बताए।

कतार स्थित नेपाली राजदुताबास, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँ, टियुसी कतार शाखाका अध्यक्ष बुद्ध पाण्डे एनसीसी कतारका सदस्य झबिन्द्र आचार्यको पहलमा प्रितम तामाङलाई नेपाल फर्काउने वातावरण बनेको


फेसबुकबाट तपाईको प्रतिक्रिया

  • 1
  • 2
Prev Next

'राजनीतिक लविङ, आवश्यक परे हस्तक्षेप'

'राजनीतिक लविङ, आवश्यक परे हस्तक्षेप'

काठमाडौं, कात्तिक १७-  बन क्षेत्रमा कार्यरत श्रमिकको अधिकार रक्षाका लागि नीतिगत तहमा थप पहल आवश्यक रहेको यस क्षेत्रमा कार्यरतहरुले निश्कर्ष निकालेका छन् । उनीहरुले यसका लागि सकेसम्म राजनीतिक रुपमा लविङ गर्ने र आवश्यक ठाउँमा हस्तक्षेप समेत...

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा …

पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

  कास्की, भदौ २४- नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति, कार्गो–कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको...

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

यातायात मजदूरलाई सडक सुरक्षा तालिम

   काठमाडौं, असार २९- जिफन्टको घटक यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरूलाई सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गरेको छ । सो अवसरमा जिफन्टका महासचिव जनक चौधरीले नेपालमा सवारीसाधन सम्बन्धी नियम बने पनि कार्यान्वयन पक्ष फितलो...

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन्…

गौरीगंगा नगरपालिका जहाँ श्रमिकले दिन्छन् घर समयमै सक्ने ग्यारेण्टी

काठमाडौं, असार २५- कैलालीको गौरीगंगा नगरपालिका जहाँका निर्माण श्रमिकले विगत एक बर्षयता एउटा अभ्यास सुरु गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक यूनियन क्यूपेक नेपालले घर बनाउने घरधनी र निर्माणको जिम्मा लिने ठेकेदारबीच गज्जवको...

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा …

'कामप्रति सम्मान गरौं, बैदेशिक रोजगारमा जाने आफैं कम हुन्छ'

  काठमाडौं- पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य भएको भन्दै नेकपा नेतृत्वको वर्तमान सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताएका छन् । यातायात क्षेत्रले अहिले पनि...

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन …

'तुरुन्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर'

काठमाडौं, चैत्र २९- नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले बिना शर्त न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न चिया वगान तथा चिया प्रशोधन उद्योगका सञ्चालकहरूलाई अनुरोध गरेको छ । जिफन्टका महासचिव जनक चौधरीले प्रेस विज्ञप्ती प्रकाशित गर्दै चिया उत्पादकहरूले आफ्नो...

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर…

लागु भएन न्यूनतम ज्याला, आन्दोलन सुरु गर्ने ट्रेड युनियनको चेतावनी

काठमाडौं, मंसीर २०- गलैंचा उद्योग तथा निकाशीकर्ताले सरकारले बृद्धि गरेको न्यूनतम तलव उपलव्ध नगराएपछि त्यसको विरुद्धमा ट्रेड युनियनहरुले आन्दोलनको चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट आवद्ध जुट गार्मेण्ट कार्पेट टेक्सटायल मजदुर युनियन, नेपाल तथा...

सुचना प्रविधि श्रमिकका लागि समस्या की अव…

सुचना प्रविधि श्रमिकका लागि समस्या की अवसर ?

काठमाडौं, मंसीर २- नेपाल र नेपाली श्रमिकका लागि बढ्दो सुचना प्रविधिको प्रयोग समस्या हो वा अवसर ? अनी वर्तमान अवस्थामा यसको प्रयोग कसरी भइरहेको छ अनी भविषयमा अव के होला त ? यस बारेमा नेपाल ट्रेड...